FAQs Complain Problems

मकवानपुरगढी- ऐतिहासीक मकवानपुरगढीको २५८ औं विजयउत्सब कार्यक्रम ,प्रमुख अथितिमा संसद श्री कृष्ण दाहाल ।।

तस्बीर: 
Body: 
मकवानपुरगढी- ऐतिहासीक मकवानपुरगढीको २५८ औं विजयउत्सब कार्यक्रम मकवानपुरगढी- ऐतिहासीक मकवानपुरगढीको २५८ औं विजयउत्सब कार्यक्रम आज भएको छ । मकवानपुरगढी बिजयउत्सब मुल समारोह समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमका अध्यक्ष तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गढीको इतिहास, महत्व र अहिले पर्यटकिय क्षेत्रको विकासका रुपमा अगाडी वढाउँदै लगिएको वताउनुभयो । मकवानपुर क्षेत्रनम्बर १ का निवर्तमान सांसद कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गाउँपालिकाका उपाध्यक्ष हर्कमायाँ रुम्बा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, मकवानपुरगढी २ का वडा अध्यक्ष बखानसिंह पाख्रीन लगायतकाले बिजय उत्सबको शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल एकीकरणको दौरान पृथ्वीनारायण शाहले विक्रम सम्वत १८१९ भदौ ९ गतेका दिन मकवानपुरगढी र हरिहरपुरगढीमा इस्वी सम्वत १७६२ अक्टोबर ४ का दिन विजय हासिल गरेपछि मकवानपुर राज्यको अन्त भएको थियो । कब्जा गरेपनि १८१९ माघ १० गते मकवानपुर गढीमा गुरगिन खाँको मुगल सेनासँग युद्ध गर्नु परेको थियो । यो गढी नेपालले पहिलो पटक विदेशी सेनासँग युद्ध गरी विजय हासिल गरेको स्थान हो ।

आर्थिक वर्ष: