FAQs Complain Problems

मकवानपुरगढी गाउँपालिकामा कोभिड -१९ अस्थाई अस्पताल बाट सेवा प्रारम्भ साथै कोभिड -१९ बिरुद्वको खोप अभियान सुरु ।

तस्बीर: 
Body: 
आज मिति २०७७ फाल्गुन २३ गते आईतबार यस मकवानपुरगढी गाउँपालिकामा स्थापित कोभिड-१९ अस्थाई अस्पताल बाट सेवा प्रारम्भ साथै सो अस्पताल बाट नै ६५ वर्ष माथिका व्यक्तिलाई कोभिड-१९ विरुद्दको खोप मकवानपुरगढी वडा न. ४ निवासि १०० वर्षका वृद्व छविलाल लामिछानेलाई लगाइ सुरु गरियो । यो अभियान चैत्र ५ गते सम्म जारि रहनेछ ।   हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एक सय वर्षका एक जेष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।गाउँपालिकाका वडा नंबर ४ का एक सय वर्षका जेष्ठ नागरिक छविलाल लामिछानेले कोरोना विरुद्धको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव प्रसाद लामिछानेले खबरब्रेकलाई जानकारी दिए । उनले आजबाट सुरु भएको ६५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम सुरु भएको बताए । स्वास्थ्य संयोजक लामिछानेका अनुसार कोभिड १९ अस्थाई अस्पताल मक्राञ्चुलीमा हालसम्म ६५ वर्ष माथि उमेर समूहका वडा नंबर ३ र ४ का ३० जना जेष्ठ नागरिकले खोप लगाईसकेका छन् । गाउँपालिकाले आउँदै चैत २ गते सम्म जेष्ठ नागरिलाई खोप लगाउने कार्यक्रम रहेको जनाएको छ । मकवानपुर गढी गाउँपालिकामा हालसम्म ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुने सबै जना संक्रमण मुक्त अर्थात कोरोना निको भईसकेको कार्यलयले जनाएको छ । कोरोनाको कारण गाउँपालिकामा हालसम्म कसैको पनि मृत्यु भएको छैन् ।

आर्थिक वर्ष: