समाचार
संगठनात्मक स्वरुप
मकवानपुर गढीको संक्षिप्त परिचय
मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सर्कोरा तथा आमभञ्ज्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यस षेत्रको भौगोलिक अवस्थिति ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाइृ देहाय बमोजिमका शीर्षकहरुमा व्याख्या गरिएको छ । भौगोलिक अवस्थिति समुन्दरी सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्डदेखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री २ मिनेट ३७ सेकेण्डदेखि ८५ डिग्री १३ मिनेट ८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौंडासँग सिमाना जोडिएर पूर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका भीमफेदी गाउँपालिका, उतरमा भीमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशतु भू–भाग ओगट्ने यस गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्ग किमी रहेको छ । गाउँपालिकाको वडागत क्षेत्रफलसम्बन्धी विवरण देहायको तालिका नं. १ मा प्रस्तुत गरिएको छ ।