मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्ग किमी रहेको छ ।
आज मिति २०८३-०१-२९ गते मकवानपुरगढी गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श्री ई• सुधन लामिछाने ज्यूको संयोजकतामा मकवानपुरगढी गा•पा• वडा नं•४ मा रहेको १७ वटा किराना पसल र होटलहरू को अनुगमन गरियो ।
मिति २०८३/०१/२८ देखि २९ गते सम्म मकवानपुरगढी गाउँपालिका कार्यालयको सभाहलमा नबिल बैंक लिमिटेड र मकवानपुरगढि गाउँपालिकाद्वारा आयोजित "सिपमा आधारित वित्तिय साक्षरता / उद्यमशीलता कार्यक्रम" (गाई तथा भैसी पालन-पशुपालन) को पहिलो दिनको तस्बिरहरु:
ऐतिहासिक मकवानपुरगढी दरबार (मकवानपुरगढी गा.पा.-२)
प्रमुख जिल्ला अधिकारी श्रीमान् बसन्त अधिकारी ज्यू लगायत अन्य विशिष्ट सर म्याम्महरुको उपस्थितिमा यस गाउँपालिकाको कार्यालयमा मिति २०८२/०९/०६ गते आइतबारको दिन अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। तस्विरको झलकहरु:
मकवानपुरगढी गाउँपालिका कार्यालयको कानुन शाखा प्रमुख श्री अधिवक्ता रामशरण लामिछाने ज्यू को विधाई कार्यक्रम....
आज मिति २०८२/०३/३१ गते मङ्गलबारको दिन दिउसो २ बजे यस मकवानपुरगढी गाउँकार्यपालिकाको सभाहलमा भएको बाह्रौ अधिवेशनको दोस्रो बैठक को तस्वीरहरु:
आज मिति २०८२/०३/१० गते मङ्गलबारको दिन दिउसो १ बजे यस मकवानपुरगढी गाउँकार्यपालिकाको सभाहलमा भएको बाह्रौ अधिवेशनको प्रथम बैठक को तस्वीरहरु: