मकवानपुरगढी गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्ग किमी रहेको छ ।
मिति २०८१/०१/१६ गतेका दिन यस मकवानपुरगढी गाउँकार्यपालिकाको कार्यालयमा सव-इन्जिनियर पदमा श्री प्रदिप भट्ट, श्री आज्ञा श्रेष्ठ, श्री विक्रम तामाङ र श्री रेशम ढकाल ज्यू स्थायी नियुक्ति तथा पदस्थापना हुनुभएकोमा हार्दिक बधाई छ।
मिति २०८० फागुन ०१ गतेका दिन मञ्जुश्री संवत २८६० डुक सोनाम ल्होछारको अवसरमा आयोजित ल्होछार विशेष सांस्कृतिक कार्यक्रम
मिति २०८०-१०-१८ गतेका दिन मकवानपुरगढी गा.पा. वडा नं १ आपँटारमा सामाजिक सुरक्षा बापतको रकम वितरण गर्दैका तस्विरहरु:
आज मिति २०८० माघ ५ गते शुक्रबारको दिन मकवानपुरगढी गाउँपालिका वडा नं. ८ बुढिचौर मा मकवानपुरगढी गाउँपालिकाको १० औ गाउँसभा गाउँपालिका अध्यक्ष श्री दोर्जे लामा स्याङ्तानज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।
मिति २०८० मंसिर १९ गते मंगलबार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका तस्विरहरु।
आ.व.२०७९/०८० मा सम्पादित गरिएका स्वास्थ्य कार्यक्रमहरुको मिति २०८०/०६/१९ र २० गते हेटौंडामा भएको बार्षिक समिक्षामा मकवानपुर जिल्लाको दश वटा स्थानीय तहहरु मध्ये मुख्य मुख्य सुचकको आधारमा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका दुबै प्रथम हुन सफल भयौ ।
मिति २०८०।०६।१४ गते मकवानपुरगढी गाउँपालिकाले यस कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीज्यूलाई आजकै मितिबाट पद बहाली गर्नु भएको छ।